आरम्भ चौतारी लघुवित्तद्वारा ६ प्रदेशमा त्रैमासिक लक्ष्य समिक्षा गोष्ठि सम्पन्न

बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ वटै प्रदेशमा शाखा प्रमुख तथा कार्यक्रम अधिकृतहरु र प्रदेश प्रमुखहरु सम्मिलित ‘तेश्रो त्रैमासिक लक्ष्य प्रगती समीक्षा तथा चौंथो त्रैमासिक लक्ष्य निर्धारण’ सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ ।

 

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजना तथा सबै प्रदेश कार्यालयहरुको समन्वयमा ६ वटा प्रदेशमा कार्यरत शाखा प्रमुख, कार्यक्रम अधिकृत र प्रदेश प्रमुखहरु गरी १५५ जना सम्मिलीत गोष्ठी सम्पन्न गरेको हो ।

बैशाख १० गते कोशी र मधेश प्रदेशका शाखा प्रमुखहरु, प्रदेश प्रमुख र कार्यक्रम अधिकृतसहित कोशी प्रदेशको इटहरीमा, बैशाख १६ गते वागमती र गण्डकी प्रदेशका शाखा प्रमुखहरु, प्रदेश प्रमुख र कार्यक्रम अधिकृत सहित वागमतीको सौराहामा, बैशाख १८ गते लुम्विनी प्रदेशका पुर्वी भागका शाखा प्रमुखहरु, प्रदेश प्रमुख र कार्यक्रम अधिकृत सहित लुम्विनीको वुटवलमा, बैशाख २० गते लुम्विनी प्रदेश पश्चिम र कर्णाली प्रदेशका शाखा प्रमुखहरु, प्रदेश प्रमुख र कार्यक्रम अधिकृतसहित लुम्विनी प्रदेशको नेपालगञ्जमा १५५ जनाको सहभागीतामा गोष्ठी सम्पन्न गरेको छ ।

सबै स्थानमा आयोजना भएको कार्यक्रममा हरेक शाखाहरु तथा प्रदेशहरुले प्रथम त्रैमासमा गरेको लक्ष्य प्रगती समीक्षा गरिएको थियो ।

 

कोशी प्रदेशको इटहरीबाट शुभारम्भ भएको गोष्ठी लुम्विनी प्रदेशको नेपालगञ्जमा सम्पन्न भएको थियो । १३५ वटा शाखाहरुमा भएको समस्याहरु पहिचान, देशको हालको अवस्थाले कार्यक्रममा पारेको प्रभाव र समस्या समाधानको उपाय बारेमा सबै सहभागीहरुले सक्रिय रुपमा सहभागिता जनाएका थिए ।

लुम्विनी प्रदेशको वुटवलमा आयोजीत कार्यक्रमलाई यसै संस्थाका संचालक समितीका सदस्य गोपाल प्रसाद वश्यालले उद्घाटन गर्दे संस्थालाई लघुवित्त क्षेत्रमा अव्वल संस्थाको रुपमा स्थापित गर्न कर्मचारीहरुको गरेको कार्य सह्रानिय रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा संस्थाले कायपलट गर्ने बताउँदै यस आर्थिक वर्षमा लिएको लक्ष्य शतप्रतिशत पुरा हुने अपेक्षा रहेको बताए ।

सबै स्थानमा आयोजित कार्यक्रमहरुको समुद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले गरेका थिए ।

कार्यक्रममा यस आर्थिक वर्षको तेश्रो त्रैमासमा शतप्रतिशत लक्ष्य पुरा गरेका शाखाहरुलाई वधाई ज्ञापन गर्दे चौंथो त्रैमासमा सबै शाखाहरुले लिएको लक्ष्य शतप्रतिशत पुरा गरी सम्मानित हुन सुझाव दिएका थिए ।

शतप्रतिशत लक्ष्य पुरा गर्न नसकेका शाखाहरुले आगामी दिनहरुमा जिम्मेवार, कर्तव्यनिष्ठ, सकारात्मक उर्जा लिएर रणनीति बनाइ कार्य गर्न निर्देशन दिए ।

शाखामा कर्मचारी Team Spirit मिलाएर काम गरेमा जस्तोसुकै काम गर्न सफल हुने बताउँदै प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले यस आर्थिक वर्षको वार्षिक लक्ष्य सबै १३५ वटै शाखाहरुले पुरा गरी पुरस्कृत हुनेगरी कार्य गर्न निर्देशन दिंदै हिम्मत गरेर सही काम, सबैले चिन्ने काम गरे अवश्य सफल भइन्छ भनी सकारात्मक उर्जा प्रदान गरेका थिए ।

कार्यक्रममा कर्जा विभाग प्रमुख टोपबहादुर रास्कोटीले कर्जा चक्र सम्बन्धी र कर्जा स्विकृती प्रकृयामा देखीएका समस्या तथा समाधानको विषयमा प्रशिक्षण दिएका थिए ।

विजनेश अफिसर चन्दन कुमार सरदारले Delinquency Management सम्बन्धी र जोखिम विभागका प्रमुख देवचन्द्र रायले कर्जा जोखिम तथा असुली सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।

सबै प्रदेशको कार्यक्रम समुद्घाटन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीकोे अध्यक्षता तथा कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीको स्वागत भाषण र कार्यक्रम अधिकृतहरु रिपेन्द्र दाहाल, सन्तोष रायमाझि र दिपा ज्ञवालीको संचालमा सम्पन्न कार्यक्रममा प्रशिक्षकहरुमा टोप बहादुर रास्कोटी, चन्दन कुमार सरदार र देवचन्द्र राय रहेका थिए ।

तेश्रो त्रैमासको प्रगती समीक्षा तथा चौथो त्रैमासिक लक्ष्य निर्धारण कार्यत्रमको डाटा प्रस्तुतीकरण सूचना प्रविधी विभागमा कार्यरत राम प्रसाद पौडेल र कार्यक्रमको संचालन कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले गरेका थिए ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ५३ जिल्लाहरुमा १३५ शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४२ कार्यालय सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा वसोवास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइरहेको छ ।

२०८१ चैत्र मसान्तसम्म १ लाख ५ हजार सदस्य मार्फत १ अर्व ८२ करोड बचत संकलन गरी ३४ हजार ऋणीमार्फत ५ अर्ब ३४ करोड कर्जा लगानी भएको छ ।

© Copyright 2025. Aarambha Chautari Laghubitta All Rights Reserved.